
Aama Yama Buddha (Ft. Mistah K)
На этой странице вы найдете полный текст песни "Aama" от Yama Buddha (Ft. Mistah K). Lyrxo предлагает вам самый полный и точный текст этой композиции без лишних отвлекающих факторов. Узнайте все куплеты и припев, чтобы лучше понять любимую песню и насладиться ею в полной мере. Идеально для фанатов и всех, кто ценит качественную музыку.

[Verse 1: Yama Buddha]
कसरी व्यक्त गरौ? म यी मेरा भावना
सधैं खुसी राख्न सँकु तिमीलाई मेरी आमा
जुनीजुनी रहोस मेरो साथमा तिम्रो छाँया
तिम्रो आशीर्वाद अनि तिम्रो अजम्बरी माया
दैबले सधैं खुशी थमाइदिउन् तिम्रो हातमा
सुस्ताउन पाऊँ सधैभरी तिम्रो काखमा
झरनाको पानी भन्दा निश्चल तिम्रो ममता
हिमाल झै बिशाल तिम्रो संघर्ष क्षमता
अतितका सबै अप्ठ्यारा क्षण एक्लै रुदै सह्यौ तिमीले
तर पुछि दिन्थ्यौ मेरा सबै आशु पछ्यौरिले
स-साना आवश्यकता पूरा गर्न पछि हटेनौ
हाम्रो भविस्यलाई लड्यौ आफ्नै खयाल गरेनौ
महसुस हुदैछ मेरा सबै भुलहरु, आज
पश्चात्ताप गर्दैछु म बिहान-साझ
कति जानी नजानी मैले पिडा दिए होला
माफ गरिदेउ आमा म तिम्रो बदमास छोरा!
[Chorus: Yama Buddha]
तिम्रो मुहारमा सधैं हाँसो होस
तिम्रो सदैबको आयु होस
तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी तिमी नै मेरो दैब हो
[Verse 2: Mistah K]
सुर्यको ताप छेकी दिन्छ आमा तिम्रो छायाले
सर्वश्रेष्ठ रहने छौ आमा तिमी जहिले
दु: ख पीडा सहेर नि मुसकुराउछौ मायाले
मातृप्रेम भन्दा ठूलो अरु हुने छैन केही
म सक्दिन आमा तिमीलार्इ कोहि सङ्ग नि दाज्न
पवित्र यो बन्धनलाई कसले सक्छ र नाघ्न
त्यो कस्तो मानिस जसले सक्छ आफ्नो आमा त्याग्न
अरुको कुरा सुनेर जो खोज्द छ भाग्न
गर्न गाह्रो छ वर्णन तिम्रो सहनसिलता
रोकिएला खोला रोक्ने छैन तिम्रो ममता
केही नबोले नि तिमी बुझछौ मेरो मौनता
मेरि आमा तिमी नै हौ मेरो देविदेवता
जब म रुन्थे पिडाले आधी रातमा
स्वर्गको अनुभूति पाउथे तिम्रो काखमा
भाग्यमानी भएछु म तिमीलाई पाई साथमा
तिमीले सिकायौ आमा कलम कापी च्याप्न
कसरी व्यक्त गरौ? म यी मेरा भावना
सधैं खुसी राख्न सँकु तिमीलाई मेरी आमा
जुनीजुनी रहोस मेरो साथमा तिम्रो छाँया
तिम्रो आशीर्वाद अनि तिम्रो अजम्बरी माया
दैबले सधैं खुशी थमाइदिउन् तिम्रो हातमा
सुस्ताउन पाऊँ सधैभरी तिम्रो काखमा
झरनाको पानी भन्दा निश्चल तिम्रो ममता
हिमाल झै बिशाल तिम्रो संघर्ष क्षमता
अतितका सबै अप्ठ्यारा क्षण एक्लै रुदै सह्यौ तिमीले
तर पुछि दिन्थ्यौ मेरा सबै आशु पछ्यौरिले
स-साना आवश्यकता पूरा गर्न पछि हटेनौ
हाम्रो भविस्यलाई लड्यौ आफ्नै खयाल गरेनौ
महसुस हुदैछ मेरा सबै भुलहरु, आज
पश्चात्ताप गर्दैछु म बिहान-साझ
कति जानी नजानी मैले पिडा दिए होला
माफ गरिदेउ आमा म तिम्रो बदमास छोरा!
[Chorus: Yama Buddha]
तिम्रो मुहारमा सधैं हाँसो होस
तिम्रो सदैबको आयु होस
तिमी भन्दा ठूलो इश्वर हुँदैन भो
तिमी देवी तिमी नै मेरो दैब हो
[Verse 2: Mistah K]
सुर्यको ताप छेकी दिन्छ आमा तिम्रो छायाले
सर्वश्रेष्ठ रहने छौ आमा तिमी जहिले
दु: ख पीडा सहेर नि मुसकुराउछौ मायाले
मातृप्रेम भन्दा ठूलो अरु हुने छैन केही
म सक्दिन आमा तिमीलार्इ कोहि सङ्ग नि दाज्न
पवित्र यो बन्धनलाई कसले सक्छ र नाघ्न
त्यो कस्तो मानिस जसले सक्छ आफ्नो आमा त्याग्न
अरुको कुरा सुनेर जो खोज्द छ भाग्न
गर्न गाह्रो छ वर्णन तिम्रो सहनसिलता
रोकिएला खोला रोक्ने छैन तिम्रो ममता
केही नबोले नि तिमी बुझछौ मेरो मौनता
मेरि आमा तिमी नै हौ मेरो देविदेवता
जब म रुन्थे पिडाले आधी रातमा
स्वर्गको अनुभूति पाउथे तिम्रो काखमा
भाग्यमानी भएछु म तिमीलाई पाई साथमा
तिमीले सिकायौ आमा कलम कापी च्याप्न
Комментарии (0)
Минимальная длина комментария — 50 символов.